पाकिस्तालाई नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तानलाई १ सय ८० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा जारी खेलमा नेपालले ३७औँ ओभरको समाप्तीमा अलआउट हुँदै १७९ रन बनाएको हो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । प्रतिश जिसीले पनि २६ रन जोडे । यी दुईले नवौँ विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । १० औं विकेटका लागि पनि सोमपालले ललितनारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । त्यसअघि नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो ।

कुशल मल्ल र अर्जुन साउदले १७–१७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

पाकिस्तान ‘ए’ का लागि शहनावाज दहानीले पाँच, मोहम्मद वासिमले चार र मुबासिर खानले एक विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here