नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको छ ।

श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

पाकिस्तानका लागि मोहमद ताहिरले ५१ रन जोडे। यस्तै ओमर बिन युसुफले ३६ रन र कमरन गुलामले ३० रन बनाए। बलिङमा नेपालका ललित राजवंशीले ३ विकेट लिन सफल भए। पवन सराफले २ विकेट हात पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here