काठमाडौं महानगरको बजेट सर्वसम्मतले पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ। शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको १३ औं नगरसभाको पाँचौं बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरेको हो।

गत असार १० गते महानगरकी उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन्। महानगरले दश वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ।

त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको छ। महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here