‘एक भगवत् गीता’को टिजर सार्वजनिक, कमलामाई अवतारमा विपिन

काठमाडौं । भदौ २९ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘एक भगवत गीता’ को टिजरमा अभिनेता विपिन कार्की नयाँ लुक्समा देखिएका छन् । ट्रान्सजेन्डर महिलाको भूमिकामा उनलाई कमलामाई अवतारमा चित्रण गरिएको छ ।

विपिनको चरित्र हिंसात्मक भावको देखिएको छ । टिजर जनकपुरधामस्थित जानकी मन्दिरबाट सुरु छ । अभिनेत्री सुहाना थापा डराएको भावमा देखिएकी छन् भने अभिनेता धिरज मगर गुरुङ परिहनमा प्रस्तुत छन् । धिरज मगरको उपस्थिति भने शून्य छ । जनकपुरको परिवेशमा खिचिएको फिल्मको सुरुवाती नाम ‘भागवत गीता’ थियो । हिन्दुवादी संगठनले विरोध जनाएपछि फिल्मको नाम परिवर्तन गरी ‘भगवत् गीता’ बनाइएको थियो । टिजर आउँदासम्म फिल्मको अगाडि एक थपिएको छ ।

झरना थापाको निर्देशन रहेको फिल्ममा कवीर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर र धीरज ठाकुरको पनि अभिनय छ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथालाई झरनाको हो भने पटकथा लेखनमा उनले सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको सहायता लिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here