नेपालकाे इतिहासमै पहिलाेपटक भिडियाे कन्फ्रेन्स मार्फत बस्याे मन्त्रीपरिषद बैठक

काठमाडौं, ९ भदौं । नेपालकाे इतिहासमै पहिलाेपटक भिडियाे कन्फ्रेन्सिङ प्रविधि मार्फत मन्त्रीपरिषद बैठक बसेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषद् बैठक आह्वान गरेका हुन् । उपचारका लागि गत विहीबार सिंगापुर गएका उनी उतै छन् तर, अन्य मन्त्रीहरू भने नेपालमै छन् ।

सरकारले पहिलो पटक प्रविधिमा आधारित रहेर मन्त्रीपरिषद् बैठक आह्वान गरेको हो ।

यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा रहेका बेला अधिकार प्राप्त उपप्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रीपरिषद बैठक बस्ने प्रचलन रहेको थियो ।

तर, यसपटक भने प्रधानमन्त्री उपचारका सिलसिलामा सिंगापुर जानुअघि भिडियो कन्फे्रन्समार्फत् पनि मन्त्रिपरिषद् बैठक बस्ने सक्ने गरी निर्णय भएको थियो ।

सरकारले प्रविधिको उच्चतम प्रयोग गर्ने नीति अनुसार पहिलो पटक प्रधानमन्त्रीले डिजिटल माध्यममा आधारित रहेर बैठक बसाल्ने निर्णय गरेका हुन् ।

त्यसकाे लागि नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरिएको छ । जस अनुसार प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था थप गरिएको थियाे ।

मिर्गाैलाकाे ‘प्लाज्मा फेरेसिस’ उपचारकाे लागि सिंगापुर गएका उनकाे बसाई लम्बिने भएपछि सिंगापुरबाटै कामकाज संचलनमा लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here