मेस्सीले गरे इन्स्टाग्राममा पीएसजीलाई ‘अनफलो’

एजेन्सी । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई इन्स्टाग्राममा अनफलो गरेका छन् ।

मेस्सीले छाडेपछि पीएसजीले आफ्नो इन्स्टाग्राममा २० लाख भन्दा बढी फलोअर्स गुमाईसकेको छ । उनी अमेरिकन क्लब इन्टर मियामीमा आवद्ध भएका छन् । मियामीको भने तीस लाखभन्दा बढी फलोअर्स बढेको छ ।

सन् २०२१ मा पीएसजी गएका मेस्सीले फ्रान्सेली क्लबमा दुई सिजन बिताएका थिए । पीएसजीबाट खेल्दा मेस्सीले सबै प्रतियोगितामा गरी ७२ खेलमा ३२ गोल र ३५ असिस्ट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here