निर्देशकको विरोध गर्दा मन्त्री भुसालले गरिदिए वैज्ञानिकको सरूवा

काठमाडौं । कनिष्ठलाई कृषि अनुसन्धान परिषद् (नार्क)को कायममुकायम कार्यकारी निर्देशक बनाएको विरोध गर्दा कृषिमन्त्री बेदुराम भुसालले नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर रामप्रसाद घिमिरे र उपाध्यक्ष युवराज भुसाललाई सरूवा गरि दिएका छन् ।

घिमिरेले गत २७ गते र भुसालले २६ गते सरूवाको पत्र थमाइएको हो । आफ्नो तजबिजी अधिकार प्रयोग गरेर नार्कको पदेन अध्यक्षसमेत रहेका मन्त्री भुसालले ४० औं वरीयतामा रहेका ध्रुवराज भट्टराईलाई गत असार १ गते कायममुकायम कार्यकारी निर्देशक बनाएका थिए।

मन्त्री भुसालको कदमविरूद्ध नार्ककै वैज्ञानिकहरू समेत आवद्ध रहेका सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्टस नेपाल (सास)ले विरोधमा विज्ञप्ति निकालेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here