५३ प्रतिशत रोपाइँ सकियो, गत वर्षको तुलनामा कमी

काठमाडौं । असार महिना सकिन लाग्दा देशैभरका किसानले ५३ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् । गत वर्ष असार २९ गतेसम्म धान रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत भागमा रोपाइँ भएको थियो । देशभर कुल १३ लाख ५७ हजार ८१६ हेक्टरमा रोपाइँ हुन्छ ।

यो वर्षको असार २९ गते (शुक्रबार)सम्म सात लाख १८ हजार ४७६ हेक्टर जमिनमा रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक छ । हालसम्म सबभन्दा बढी रोपाइँ सुदूरपश्चिममा ८५ प्रतिशत भएको छ भने सबभन्दा कम मधेस प्रदेशमा २८ प्रतिशत रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा ७० प्रतिशत र लुम्बिनी प्रदेशमा ६४ प्रतिशत रोपाइँ भएको छ भने गण्डकी प्रदेशमा ४७ प्रतिशत, बागमती प्रदेशमा ४५ प्रतिशत र कोशी प्रदेशमा ५६ प्रतिशत रोपाइँ मात्र भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here