भलिबलका राष्ट्रिय कप्तान थापा बर्खास्त

काठमाडौं । नेपाल भलिबल संघले राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा बर्खास्त गरेको छ ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै पदबाट हटाएको हो ।

उनी आर्मी क्लबका खेलाडी पनि हुन् । आर्मी र गण्डकीबीचको खेलमा विवादसमेत भएको थियो । आर्मीका खेलाडीले दर्शकमाथि हातपात गरेका थिए ।

दर्शकमाथि भएको कुटपिट घटनाको छानबिन गर्न गठित समितिको सिफारिसमा थापालाई कप्तानबाट हटाइएको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here