घट्यो ग्याससहित पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय भएको छ।

यो सँगै स्वचालित प्रणाली अनुसार आज राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ,एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घटाइएको छ।

डिजलकाे नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेकाे छ । पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ । एलपीजीकाे नयाँ मूल्य १७९० रूपैयाँ कायम भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here