कीर्तिपुरबासीलाई पहिलोपटक पानी खुवाउने ‘धारा’

काठमाडौं । ८३ वर्षअघि, कीर्तिपुरबासीलाई पहिलोपटक खानेपानी खुवाउने जुहारकुमारी देवी धारा: एउटै विशाल चट्टान माथि रहेको सिंगो कीर्तिपुरको डाँडामा पानीको मुहान भेटिनु असम्भव नै भएपनि बि.सं. १९९६ मा श्री ३ जुद्धशमशेरले आफ्नो दिवंगत आमा ‘जुहारकुमारीदेवी’ को नामबाट पहिलोपटक कीर्तिपुरको डाँडामाथि जुहारकुमारीदेवी खानेपानी आयोजना मार्फत धारा स्थापना गरी खानेपानी वितरण गरिएको थियो।

कीर्तिपुरबासीलाई परेको खानेपानीको स्थायी समस्या समाधान गरी पानी पुर्‍याउन पानीको मूल अध्ययन गर्दा नजिकै लोहोकोटमा ठाउँ-ठाउँमा फेला परेको पानीको मूलबाट पानी जम्मा गरेर कीर्तिपुरमा ल्याई धारामार्फत वितरण गर्न सकिने योजना अन्तर्गत ति मूलहरूलाई एकै ठाउँ जम्मा गरी त्यहाँबाट ४ इन्ची पाइप जडान गरी १२,६०० फिट लामो दूरीमा विसनदेवीको स्थानसम्म ल्याइएको र त्यहाँदेखि त्यसलाई दुई भागमा विभाजन गरी एउटा पाइप कीर्तिपुरतर्फ र अर्को पाइप चुनीगाउँतर्फ पुर्‍याइएको थियो।

तत्कालिन समय कीर्तिपुर र चुनीगाउँसम्म पानी पुर्‍याउने यस आयोजनाका लागी करिब ८४ हजार रुपैयाँ खर्च भएको देखिन्छ भने आयोजना सम्पन्न भएपछि वि सं १९९६ मार्ग ९ गते दिउँसो २ बजे कीर्तिपुर बाघभैरवको द्वार अघि धाराको उद्घाटन समारोह भएको थियो।
-RONB बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here