मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा मेयर शाहले काठमाडौं महानगरसँग समसामयिक विषयमा छलफल गरेको मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

पछिल्लो समयमा काठमाडौंको फोहर व्यवस्थापनमा देखिएको समस्यालगायतको विषयमा छलफल भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here