नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित, समूह चरणबाटै बाहिरियो

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ।

नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २९.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो । भारतको लागि साई सुदर्शनले अविजित ५८ रन बनाए भने ध्रुव जुरेलले पनि अविजित २१ रन जोडे ।

ओपनर अभिषेक शर्मा ८७ रन बनाएर आउट भए । यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो। पाकिस्तानले आज भएको दोस्रो खेलमा युएईलाई पराजित गर्‍यो।

लगातार दुई खेलमा जित हात पारेसँगै भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा नेपाल र युएई बाहिरिएका छन्। अब नेपालले प्रतियोगिताको अन्तिम खेलमा युएईको ‘ए’ टिमसँग साउन ३ गते खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here