जग्गा अधिग्रहणको माग राखेर आज पनि काठमाडौंको फोहोर फाल्न अवरोध

काठमाडौं । संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै सिस्डोल र बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न प्रतिबन्ध लगाइएको छ ।

ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका टिपरलाई बाटोमै रोकेका छन् । उनीहरूले आजपनि बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा अवरोध गरेका हुन्।

‘बाटामा ५०–६० जना स्थानीय आज पनि सडकमा छन्,’ काठमाडौं महानगरपालिकाका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले भने, ‘जग्गा अधिग्रहणको माग राखेर सडक अवरूद्ध गरिरहेका छन्। यसअघि भएका सम्झौताको १८ बुँदामध्ये अधिकांश पूरा भइसकेका छन्। अहिलेको मागचाहिँ हामी पूरा गर्न सक्दैनौं।’

स्थानीयले बञ्चरेडाँडालाई केन्द्रमा राखेर १ हजारदेखि १ हजार २ सय मिटर वरपरसम्मको जग्गा अधिग्रहणको शर्त राखेका छन्। त्यो जग्गामा मध्यवर्ती क्षेत्र तय गर्ने र त्यसभित्रका बस्ती खाली गर्नुपर्ने उनीहरूले बताएका छन्।

‘त्यसभित्र केही गुठीका जग्गा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here