के छ सभापति देउवाले बुझ्न नमानेका कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदनमा ? (पूर्णपाठ)

फाइलफोटो

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले रुपान्तरण अभियानले तयार पारेको प्रतिवेदन बुझ्न अस्वीकार गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा सो प्रतिवेदनमाथि पनि छलफल हुनुपर्ने बताउँदै अभियानका नेताहरूले प्रतिवेदन सभापतिलाई बुझाउन समय मागेका थिए । तर, देउवाले उनीहरूलाई समय नै दिएनन् ।

देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ ।

प्रतिवेदनमा मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनहरूको नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीभित्र देशभरिका इमान्दार, निष्ठावान् नेता एवं सदस्यहरूलाई पछिल्ला राजनीतिक घटनाक्रम र अवस्थाले चिन्तित र गम्भीर बनाएको उल्लेख गरेका छन्।

रूपान्तरण अभियानले भ्रष्टाचार तथा अख्तियार दुरूपयोगमा दोषी ठहरिएका व्यक्तिलाई ‘जति उच्च पद उति बढी सजाय’ को व्यवस्था गर्नसमेत माग गरेको छ।

पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाइएको छ । जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको थियो ।

देउवाको नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल र नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले रुपान्तर अभियानका नाममा देशभर कार्यक्रम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here