सुरू भयो महिना दिन लामो’मत्स्यनारायण मेला’,भक्तजनको भिड (फोटोफिचर)

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा उक्त मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ ।

काठमाडौंदेखि झन्डै ८ किलोमिटर दक्षिण–पश्चिम मच्छेगाउँस्थित मन्दिरमा श्रद्धालु भक्तजनको भिड लाग्न थालेको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गदा र पद्म लिएको मूर्ति छ ।

यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औँसी पर्‍यो भने उक्त महिनालाई पुरूषोत्तम (मलमास, अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ ।

मलमास अवधिभर उक्त मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ।

फोटो: चन्द्रागिरि नगरपालिको पेजबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here