१७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

परिवारले किटानी जाहेरी दिएको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरेको हो ।

घटना शुक्रबार मध्य रातिको हो । प्रहरीको अनुसार उनीहरुले ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको स्वीकारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here