पहिलो चरणबाटै बाहिरिएको टोलीलाई मन्त्रीले दिए विश्वकपको लागि शुभकामना

काठमाडौं । विश्वकपका लागि भएको छनोटको पहिलो चरण पार गर्न नसकेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विश्वकपका लागि शुभकामना दिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभरबीच महिला राष्ट्रिय टोलीलाई प्रयोजन सम्झौताका लागि आयोजित कार्यक्रममा मन्त्री लिम्बूले आफ्नो सम्बोधनका क्रममा महिला फुटबल टोलीलाई विश्वकप फुटबलमा खेल्न जान लागेको भन्दै शुभकामना दिएर हाँसोको पात्र बन्न पुगे।

उनले भने, तपाईं चेलीहरुले जति पनि मिहिनेत गरिरहनुभएको छ । तपाईंहरुले उत्कृष्ट प्रदर्शन गरिरहनुभएको छ । र तपाईंहरु अहिले फेरी पनि अष्ट्रेलिया जाने क्रममा हुनुहुन्छ, न्युजिल्यान्ड खेल्न जाने क्रममा हुनुहुन्छ । तपाईंहरु जित्न सक्नुहुन्छ भन्नेमा म पूर्ण विश्वास व्यक्त गर्न चाहन्छु ।’

कांग्रेसबाट खेलकुदमन्त्रीमा मोरङबाट विजयी सांसद डिगबहादुर लिम्बुले जिम्मेवारी पाएका छन्। तर उनी मन्त्री भएदेखि गुमनाम जस्तै छन्। अष्ट्रेलिया र न्युजिल्यान्डमा यसै साता फिफा महिला विश्वकप सुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here