हनुमानढोकामा चलचित्र सुटिङकाे ५५ हजार लाग्ने, पार्क छिर्न ३० रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पति करको नयाँ व्यवस्था साउन १ गतेदेखि लागू गरेपनि आज भने सबै वडालाई सो विषयको परिपत्र गरेको छ । अब विदेशीले हनुमानढोका परिसरमा फिल्म सुटिङ गर्दा प्रतिदिन ५५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

त्यस्तै, छोटो चलचित्र, डकुमेन्ट्रीको भिडियो खिच्न प्रतिदिन २५ हजार रुपैयाँ , विज्ञापन भिडियो छायांकन गर्न ६० हजार रुपैयाँ तोकिएको छ । तर स्वदेशीको हकमा भने ठूला पर्दाको चलचित्रका लागि प्रतिदिन २० हजार रुपैयाँ, छोटो चलचित्र र म्युजिक भिडियोका लागि १० हजार रुपैयाँ लाग्नेछ ।

हनुमानढोका दरबार परिसर छिर्न पर्यटकले १ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, बालाजु, बाइसधारा पार्क, शंकपार्क, शाख्वधर पार्क छिर्न ३० रुपैयाँ लाग्नेछ भने पर्यटकले एकसय रुपैयाँ तिर्नुपर्नेछ । पिकनिकका लागि ठाउँअनुसार १ हजार ५ सय रुपैयाँ देखि ५ हजार रुपैयाँ सम्म निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here