सिनामंगलको शंकास्पद वस्तु बम नभएको पुष्टी, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ।

सो शंकास्पद वस्तु बम नभई नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको प्रहरीले जनाएको छ ।

उक्त काममा संलग्न भएको अभियोगमा प्रहरीले तत्कालै एकजनालाई पक्राउ गरेको छ। सीसीटीभी फुटेजमा एक व्यक्तिले आज बिहान ७ बजेतिर शंकास्पद वस्तु राखेर हिँडेको देखिएको थियो । पक्राउ पर्नेमा नजिकै होटलमा बसेका रौतहट निवासी खजाञ्ची पासवानलाई प्रहरीले जनाएको छ ।

पासवानलाई गौशाला प्रहरी बृत्तमा राखिएको छ। सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो ।

शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा तनाव भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here