कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनले नेपालको सान्त्वना जित

काठमाडौं । एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यूएई ए लाई तीन विकेटले हराउँदै सान्त्वना जित निकालेको छ।

यूएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई जिताउन भुर्तेलले बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन बनाए । त्यस्तै देव खनाल र सन्दीप जोराले समान २४ २४ रन बनाए । यस्तै गुल्शन झाले ११ रन बनाए ।

यसअघि पी सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन जोड्यो ।

यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रनको योगदान गरे । इथान डी’सुजाले १८, अश्वन्थ भालथापाले १६ तथा आर्यान्स शर्माले १४ रन जोडे ।

यूएईका मोहम्मद फराजुदिनले सर्वाधिक ५ तथा मुहम्मद जवादुल्लाहले १ विकेट हात पारे ।

नेपालका लागि कुशल भुर्तेलले ६ तथा मौसम ढकालले २, कुशल मल्ल र पवन सर्राफले १-१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here