एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तान बीचको खेल अगस्ट ३० मा पाकिस्तानमा हुनेछ।

यस्तै नेपालले आफ्नै दोस्रो खेल भारतसँग खेल्नेछ। भारतसँगको खेल सेप्टेम्बर ४ मा श्रीलंकामा हुनेछ। बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त सेप्टेम्बर २ तारिखमा हुनेछ ।

यसपालिको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुन लागेको छ।

एसिया कप प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र र नेपाल गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा जम्मा १३ खेल हुनेछन्। तीमध्ये पाकिस्तानमा ४ र श्रीलंकामा ९ खेल हुनेछ।फाइनल सेप्टेम्बर १७ तारिखमा हुने छ। नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here