भद्रकुमारी घले सेवा सदनमा डोजर चलिसकेपछि अदालतको भन्यो-‘घरजग्गामा कुनै क्षति नपुर्‍याउनू’

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश श्यामजी प्रधानको इजलासले मंगलबार उक्त घरजग्गामा क्षति नपुर्‍याउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश गरेको हो ।

काठमाडौं महानगरले आज सदनमा डोजर चलाइसकेपछि अदालतको आदेश आएको हो । महानगरपालिकाले सदन भत्काउने चेतावनी दिएपछि भद्रकुमारीले निषेधाज्ञाको आदेश माग्दै उच्च अदालतमा निवेदन दिएकी थिइन् ।

आदेशमा भनिएको छ, ‘मिति २०८०।०४।०८ को पेशी तारिख तोकी सोको जानकारी विपक्षीलाई दिई उक्त निर्णयको छलफलबाट निर्णय नभएसम्म निवेदकको घरजग्गामा क्षति पुर्‍याउने वा अतिक्रमण गर्ने गराउने कार्य नगर्नु ।’

अदालतले उक्त विवादका दुवै पक्षलाई छलफलका लागि यही साउन ८ गते बोलाएको छ । साथै अदालतले १५ दिनभित्र लिखित जवाफसमेत पेस गर्न भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here