भन्सार कटेर विमानस्थलबाट बाहिरिएको ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ ।

राजस्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट ठूलो परिमाणमा सुन बरामद गरेको हो।

विभाग स्रोतका अनुसार यो हालसम्मकै ठूलो परिमाणको सुन बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत् काठमाडौं आएको थियो।

मोटरसाइकल र स्कुटरको ब्रेक शुमा लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिर निकाल्दै गर्दा राजस्व अनुसन्धान विभागले बरामद गरेको हो। रेडी प्रालिले ८ वटा कार्टुनमा ल्याएको सय पिसभन्दा बढी पार्टसमा सुन राखेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको हो ।

त्यो कार्गो सामान केही दिनअघि चीनबाट आएको भन्सारले जनाएको छ । भन्सारबाट जाँचपास सकेर लैजान लागेको सुन एक्कासी अपरेसन चलाएर राजश्व अनुसन्धानको टोलीले बरामद गरेसँगै रहस्य बढेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here