काठमाडौं उपत्यकाको फोहर ढुवानीमा भइरहेको अवरोध हट्यो

फाइलफोटो

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर ढुवानीमा भइरहेको अवरोध हटेको छ । सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएसँगै आन्दोलन रोकिएको हो।

सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम भइरहेको छ ।

बञ्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाडौं महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइट जानबाट रोकिए पछि काठमाडौंमा एक हजार टन भन्दा धेरै फोहर थुप्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here