सुन जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बनको तयारी

फाइलफोटो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको छ ।

सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन गरेकोमा संलग्न कर्मचारीलाई निलम्बन गर्न लागिएको हो ।

विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्नेबारे विभागले अनुसन्धान गरेको जानकारी दिएको छ ।

यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् । विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here