सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५००रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल १ लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ।

सुनको आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको कारोबार १ लाख १३ हजार १ सय रुपैयाँमा भएको थियो । चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ । बुधबार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here