जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना सिकिस्त

काठमाडौं । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँचजना सिकिस्त बिरामी भएका छन् ।

बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३, तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र सात वर्षीया छोरी शारदा रहेका छन् ।

उनीहररूलाई उपचारका लागि स्थानीय वासुलिंग स्वास्थ्यचौकी लगिएकोमा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here