लघुवित्त पीडितद्वारा ऋण मिनाहाको माग गर्दै प्रदर्शन

काठमाडौं । देशभरबाट जम्मा भएका लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन् ।

गत सातादेखि आमरण अनसन बसेका लघुवित्तीय संस्थाविरुद्ध संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीलाई साथ दिन विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले लघुवित्त संस्थालाई ‘नव–सामन्ती’ भन्दै ऋण मिनाहा हुनपर्ने माग राखेका छन् । करिब तीन सयजना पीडितले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here