थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई धितोपत्र दलााल (ब्रोकर लाइसेन्स) इजाजत दिएको छ । बोर्डले आवश्यक पूर्वाधार तयार पारेका थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

बोर्डका अनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रालि, एपीएए सेक्युरिटिज, एनएमबी सेक्यूरिटिज लिमिटेड र सानिमा सेक्यूरिटिज लिमिटेडले रहेका छन् ।

यस्तै, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटि, ब्लू चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटीजले पनि ब्रोकरको लाइसेन्स पाएका छन् ।

बोर्डले यसअघि पहिलो चरणमा ७ वटा र दोस्रो चरणमा ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो । तीमध्ये पहिलो चरणमा लाइसेन्स पाएका ७ ब्रोकरले नेप्सेबाट सदस्यता लिई सेयर कारोबारबार समेत गरिसकेका छन् ।

पहिलो चरणमा क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, भोले गणेश सेक्युरिटी, सन सेक्युरिटी, मियो सेक्युरिटी, सेयर प्रो सेक्युरिटी र प्रोपर्टि विजार्डले ब्रोकर लाइसेन्स पाएका थिए ।

त्यस्तै, दोस्रो चरणमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेघा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे, सेक्युरिटिज, केबीएल सेक्युरिटिज, कलश स्टक मार्केट र नबिल सेक्युरिटिजले लाइसेन्स पाएका थिए ।

यससँगै बजारमा पछिल्लो समय भित्रिएका नयाँ २९ ब्रोकर सहित ७९ ब्रोकर संख्या पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here