प्रकाश सपूतको ‘दमाई महाराज’

काठमाडौं । गायक प्रकाश सपूतले ‘दमाई महाराज’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । स्वर, शब्द र संगीत सपूतकै रहेको गीतमा शान्तिश्री परियारको पनि स्वर छ । पूर्ववत् गीति भिडियोमा झै यसपाली पनि उनले फरक सामाजिक मुद्दालाई मियोमा राखेका छन् ।

उही कथानक शैलीमा मीठो भाका हालेर पेश गरेका छन् । गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ । दमाईको गर्भमा जन्मिएको एउटा अबोध वालक मन्दिरमा प्रवेश गर्दा ‘अछुतो’ भयो भन्ने आडम्बरमाथि उनले कटाक्ष गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here