इन्टर मियामीसँगको पहिलो खेलमै मेसीले गरे गोल

काठमाडौं । लियोनेल मेसीले इन्टर मियामीबाट पहिलो खेलमै गोल गरेका छन्। मेसीको गोलको मद‍्दतले लिग कप साउथमा मियामीले क्रुज अजुललाई २-१ गोलले पराजित गरेको छ।

लिग कप साउथ अन्तर्गत समूह ‘सी’ को खेलमा मेसीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए। मेस्सी दोस्रो हाफपछि मात्र मैदान प्रवेश गरेका थिए।

खेलको ४४औं मिनेटमा थोमस टेलरले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए। क्रुजका उरियल अन्टुनाले ६५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। मेसीले इन्जुरी टाइममा गोल गर्दै इन्टर मियामीलाई जित दिलाए। मेसी हालै पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर इन्टर मियामी गएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here