महानगरले भन्यो -‘बन्चरेडाँडामा फोहोर फाल्न अवरोध छैन्,तीन दिनभित्र उठाइसक्छौं’

फाइलफोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर आज निर्बाध रूपमा विसर्जन गरिएको बताएको छ । स्थानीयको अवरोधका कारण यसअघि चार दिनसम्म फोहोर विसर्जन कार्य रोकिएको थियो । हिजोदेखि पुनः नियमित रूपमा फोहोर विसर्जन गर्न थालिएको छ । महानगरको अनुसार आज प्रहरीको सहायता पनि लिनुपरेको छैन ।

शुक्रबार काठमाडौंबाट फोहोर लिएर गएका गाडीलाई केही स्थानीयले अवरोध गरेका थिए । प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको थियो । यही साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः सुरु गरिएको छ। फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो।

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए। उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र पूरा भइसक्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here