५ हजार विद्यार्थीलाई छात्रवृत्ति दिइने, यसरी दिनुहोस् आवेदन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा दिने छात्रवृत्तिका लागि आवेदन फाराम खुला गरेको छ ।

सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले छात्रवृत्तिका लागि आवेदन फाराम खुला गरेको हो ।

एक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला भएको जानकारी दिएको छ । यसअन्तर्गत इच्छुक विद्यार्थीले आगामी साउन १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस शैक्षिक वर्षमा सीटीईभीटीले ‘प्रि डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८०’ अनुसार प्री डिप्लोमा तहमा १,८३६ र डिप्लोमा तहमा ३,६७४ गरी कुल ५,५१० विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

सीटीईभीटीले सम्बन्धन प्राप्त आङ्गिक, साझेदारी, टेक्स सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा० तथा निजी शिक्षालयहरूमा अध्ययन गर्नका लागि यस्तो छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

यसका लागि साउन १२ मा अनलाइनबाट प्रबेश शुल्क भुक्तानी गरेर सीटीईभीटीको वेबसाइटमार्फत आवेदन बुझाउन पर्ने छ ।

सीटीईभीटीले दिने उक्त छात्रवृत्तिका लागि अनलाइन आवेदन फाराम भर्दा डिप्लोमा तथा प्रमाणपत्र तहको १ हजार रुपैयाँ र प्रि-डिप्लोमा तहको ५ सय रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ ।

परीक्षा केन्द्रको विषयमा साउन १५ गते सूचना प्रकाशित गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here