शेयर धितो कर्जा: ५० लाखसम्मको जोखिम भार १०० प्रतिशतमा झारियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा ५० लाखसम्मको लागि १०० प्रतिशतसम्म जोखिम भार लाग्ने बताएका छन्।

यसअघि सबै कर्जाको नभई २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।

उनले मौद्रिक नीतिपछि आउने सर्कुलरमा सेयर धितो कर्जाको हकमा ५० लाखसम्मको ऋण लिनेको हकमा जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा सीमित गर्न खोजिएको बताए ।

उनले भने, ‘जोखिम भारको विषयमा टेन्टेटिभ आइडिया आइसकेको छ । शेयर धितो कर्जाको जोखिमको हकमा २५ लाखको सीमालाई ५० पुर्याइएको हो,’ उनले भने, यसमा ५० लाखसम्मको कर्जामा १०० प्रतिशत जोखिमभार रहने भन्ने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here