पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते

फाइलफोटो

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।

पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको इलाका प्रहरी कार्यालले जनाएको छ ।

अन्जुका देवर गोब्बर जागरी उनका आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा पनि घाइते भएका छन् ।

उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here