अझै भेटिएनन् सामाखुसीको भेलमा बेपत्ता बालक, चोभारसम्म खोजी गरिँदै

प्रतीकात्मक तस्बिर

काठमाडौं । काठमाडौंको सामाखुसीमा भेलमा बगेर बेपत्ता भएका एक बालकको खोजीकार्य जारी छ । आइतबार अपराह्न वर्षापछिको भेलमा बगेर बालक बेपत्ता भएका हुन् ।

सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका हुन्।

विद्यालयबाट घर आएर खेल्न निस्किएका उनलाई बाढीले बगाउँदा बेपत्ता भएका थिए।

सोमबार बिहान ११ बजेसम्म पनि उनी फेला परेका छैनन्। सामाखुसीबाट रानीबारीतर्फको बाटोको ढलमा उर्लिएको भेलमा परेर बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here