कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ ।

कोशी प्रदेश सरकार गठनसम्बन्धी एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

मंगलबारदेखि नै सर्वोच्चको पूर्ण इजलासले यो विवादमा सुनुवाइ थाल्नेछ । पूर्ण इजलास ३ सदस्यीय हुने वा ५ सदस्यीय हुने भन्ने टुंगो लागिसकेको छैन ।

सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here