आयोग उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले बिदाइ भेट गरेकी छिन् ।

कार्यकाल पुरा गरेर फर्किन लागेकी राजदूत नोनाले सोमवार आयोग कार्यालय सिंहदरबार गरे उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट गरेकी हुन् ।

भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरुले नेपालमा गरेको सहयोगका लागि धन्यबाद दिदै नोनाको आगामी कार्यभार सफलताको कामना गरे । नेपालमा कार्यकाल पूरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू राजदूत भएर जादैछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here