मुग्लिङ-नारायणगढ सडकमा पहिरो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

फाइलफोटो

चितवन । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा सवारी आवागमन अवरूद्ध भएको छ।

बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कालिखोला आसपासका विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

पानी परिराखेकाले परिरो पन्छाउन कठिन भएको कार्यालयको भनाइ छ । पहिरो पन्छाउन समय लाग्ने देखिएकोले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here