प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज पौडेल झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।

वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका-६ मा रहेको आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् । घटना कसरी घट्यो, के भएर घटना भयो खुल्न बाँकी रहेको छ ।

घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटेल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here