काठमाडाैं, १० भदाै । नाडा अटाे शाेकाे अवसरमा महिन्द्रा कम्पनीले आफ्ना विभिन्न गाडीहरूलाइ विशेष प्राथमिकतामा राखेकाे छ ।
कम्पनीले भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र थूप्रै विशेषतासहित आएको बताउँदै नाडा अटाेशाेमा प्राथमिकता दिएकाे छ ।
महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप राख्ने जानकारी दिएको छ ।
कम्पनीका अनुसार एक्सयुभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ ।
नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५६ लाख ५० हजार ताेकिएकाे छ । त्यस्तै डिजेलमा डब्लु ४ वर्गका लागि रु ४१ लाख २५ हजार, डब्लु ६ वर्गका लागि रु ४५ लाख, डब्लु ८ वर्गका लागि रु ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५७ लाख २५ हजार तोकिएको छ ।
यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ । यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध रहेकाे कम्पनीले बताएकाे छ ।
एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुने र स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्ने कम्पनीकाे दाबी छ ।
यसैगरी यस पटकको नाडा अटो शोमा महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ । मराजो एम ६ को मूल्य रु ५८ लाख २० हजार र एम ८ को मूल्य रु ६४ लाख ३० हजार तोकिएको छ ।