मेस्सी चम्किँदा मियामीको सानदार जित

एजेन्सी । लियोनल मेसीको २ गोलको मद्दतमा इन्टर मियामीले सानदार जित निकालेको छ।

नेपाली समयअनुसार बुधबार बिहान सम्पन्न भएको खेलमा मियामीले एट्लान्टा युनाइटेडलाई ४-० गोल हराएको हो ।

पहिलो हाफ २-० को अग्रता बनाएको मियामीले दोस्रो हाफमा थप २ गोल गर्‍यो। ४४ र ५३ मिनेटमा टेलरले गोल गरे। उनले बेन्जा क्रेमास्ची र मेसीको पासमा गोल गरे।

मेसी मियामी जानुपूर्व लगातार हार ब्यहोरिरहेको मियामीले मेसी आबद्ध भएपछि लगातार जित निकालेको छ।

यसअघि मेसीकै फ्रि-किक गोलमा मियामी विजयी भएको थियो। मेसीले मियामीबाट २ खेल खेल्दै ३ गोल गर्नुका साथै १ असिस्ट समेत गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here