‘भ्रष्टाचार र सुनकाण्ड जरोमा नपुगे सरकारको दिनगन्ती सुरु गर्ने रविको चेतावनी’

फाइलफोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार र सुनकाण्ड जरोमा नपुगे सरकारको दिनगन्ती सुरु गर्ने चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले ‘हरेक विषय सरकारले सुरू गर्छ, अलि जरोसम्म पुग्छ कि भन्यो अड्किन्छ, गिजोलिन्छ जरोमा किन पुग्दैन् भन्दै प्रश्न गरे ।

क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डमा कर्मचारीको सरुवा गरेर मात्र हुन्छ, उनीहरुलाई किन निलम्बन नगरेको भन्दै भन्सार, सुरक्षा प्रमुखलगायतले पनि पदमा बस्ने नैतिकता गुमाएको भन्दै प्रश्न गरे ।

उनले ललिता निवास काण्डको जरो कहाँ छ खोज्न पनि आग्रह गरेका छन्। यो प्रकरणमा पनि सरकार जरोसम्म नपुगेको उनले बताए।

‘सुन काण्डको जरो कहाँ छ। आरोपितको नाम आइरहेको छ नि! सरकार जरोमा जाँदैन,’ उनले भने।

‘कुनै विषय गिजोल्ने मात्र होइन जरोमा पुर्‍याउने सहास लिएको हो भने ठिक छ,’ उनले भने, ‘केही कर्मचारी थुनेर, सरूवा गरेर फाइल खोलेझैं गर्ने हो भने सरकारको दिन गन्न सुरू भयो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here