कोशी सरकार गठन विवादमा भएन आदेश, आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको उक्त रिटमा आदेश नभएको हो ।

हिजो हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखेर भोलिलाई फैसला सारिएको हो । रिटउपर सर्वोच्च अदालतको पूर्णइजलासमा मंगलबारदेखि बहस भइरहेको छ ।

कोशी प्रदेश सरकार निर्माणमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर असंवैधानिक रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन भएको भन्दै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here