क्वीन्टलमा सुन भित्र्याउने ‘रेडी ट्रेड’ को गोदाममा छापा, ‘ब्रेक शु’ बरामद

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित नजिकै रहेको एक गोदाममा छापा मारेको छ।

एक क्वीन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मार्दा ६६ वटा प्याकेट ‘ब्रेक शु’ बरामद भएको हो ।

यसअघि विमानस्थलबाट पनि राजश्वले ब्रेक शु भित्रै लुकाइएको अवस्थामा सुन बरामद गरेको थियो। राजश्वको टोलीले यसअघि व्यापारी राकेश अडुकियाको घरमा पनि छापा मारेको थियो।