बुटवल-पाल्पा सडक बिहीबार बिहानैदेखि अवरुद्ध

फाइलफोटो

काठमाडौं । पहिरोका कारण बुटवल पाल्पा सडक बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बिहान करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको हो । पाल्पाको तिनाउ–३ स्थित निर्माणाधीन सुरुङ मार्गको रिपनजिकै हेड बक्समा पहिरोले सडक पुरिएको छ ।

सडक अवरुद्ध भएपछि बुटवलदेखि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायत ठाउँका लागि छुटेका सवारीहरू बीच बाटोमै अलपत्र परेका छन् भने ती स्थानहरूबाट आएका सवार साधनहरू पनि बीचमै अलपत्र परेका छन् ।

पहिरोलाई हटाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here