फिफा विश्वकप छनोट: पहिलो चरणमा नेपालको प्रतिद्वन्द्वी लाओस

काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को एसिया छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले आज सार्वजनिक गरेको पहिलो चरणको ड्रमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने तय भएको हो।

नेपालले लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ। पहिलो खेल १२ अक्टोबर र दोस्रो खेल १७ अक्टोबरमा हुनेछ।

पहिलो चरणका जित निकाल्ने टिमले दोस्रो चरणमा स्थान बनाउनेछ ।

छनोटको पहिलो चरण अक्टोबर १२ देखि १७ सम्म हुनेछ । छनोटको दोस्रो चरणमा एसियाका शीर्ष २६ वरीयताभित्र परेका टिमहरु छन् ।

फिफाको एसियाली वरीयताको पुछारका २० टिममा परेपछि नेपालले विश्वकप छनोटको पहिलो चरण खेल्ने भएको हो । नेपालले हालसम्म एसिया कप र फिफा विश्वकपमा स्थान बनाउन सकेको छैन ।

नेपालले यसअघि सन् २०२२ को विश्वकप छनोटमा भने सोझै दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो ।

सन् २०२६ को फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुने तालिका छ । यस्तै, २०२७ को एसिया कप साउदी अरेबियामा हुने तय भएको छ ।

फिफा विश्वकप र एसियन कप छनोटको पहिलो चरण
अफगानिस्तान विरुद्ध मंगोलिया
माल्दिभ्स विरुद्ध बंगलादेश
सिंगापुर विरुद्ध गुआम
यमन विरुद्ध श्रीलंका
म्यानमार विरुद्ध मकाउ
कम्बोडिया विरुद्ध पाकिस्तान
चाइनिज ताइपेइ विरुद्ध इस्ट टिमोर
इन्डोनेसिया विरुद्ध ब्रुनाई
हङकङ विरुद्ध भुटान
नेपाल विरुद्ध लाओस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here