गगन थापाले तिरे १५ हजार जरिवाना

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् ।

समयमै निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले जरिवाना तिर्न ताकेता गरेपछि उनले जरिवाना रकम बुझाएका हुन् । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले जरिवाना तिरेको जानकारी गराएका हुन् ।

थापाले आफूले चुनाव लगत्तै खर्च विवरण सार्वजनिक गरे पनि आयोगलाई जानकारी गराउनुपर्छ भन्ने थाहा नपाउँदा जरिवाना तिर्नुपरेको बताएका छन् ।

‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु,’ उनले फेसबुकमा लेखेका छन् ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा आफू २३ लाख ४२ हजार ७६८ रुपैयाँ खर्च गरेको जानकारी गराएका छन् ।

मंगलबार आयोगले तोकिएकौ समयमा निर्वाचन खर्च नबुझाएको भन्दै थापासहित २४३५ उम्मेदवारको नामवली सार्वजनिक गरेको थियो । साथै आयोगले ३५ दिनभित्र जरिवाना तिर्न ताकेता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here