अझै फेला परेनन् सामाखुसी खोलामा बगेर बेपत्ता बालक

काठमाडौं । साउन ७ गते सामाखुशी खोलामा खसेर बेपत्ता १३ बर्षीय बालक बिधान आलेमगरको कुनै अत्तोपत्तो छैन । खोलामा खसेको केहीबेरमै खोजी कार्य शुरु गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली खोजी जारी राखेका छन्। चार ठाउँ केन्द्रित गरी उद्धारमा लाग्दासमेत हालसम्म कुनै खुटखबर पाउन सकेको छैन ।

न लास, न सासको अवस्थाले परिवार ब्याकुल बनेको छ । बालकको खोजीमा उद्धारटोलीले गरेको प्रयास प्रति पीडित परिवार सन्तुष्ट छ । प्रहरीबाट सक्दो सहयोग मिलेको परिवारका सदस्य बताउँछन् । भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत बालक आइतवार बेलुका फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here